सर्वोच्चका नवनियुक्त चार न्यायाधीशले लिए शपथ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ कार्तिक २०८३, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त चार जनाले पद तथा गोपनीयताको शपथ लिएका छन्। डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

न्याय परिषदले गरेको सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदनपछि राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नियुक्त गरेका थिए।

- Advertisement -
Ad image

लगत्तै राष्ट्रपति पौडेलको उपस्थितिमा राष्ट्रपति भवन शितल निवासमा प्रधानन्यायाधीश मनोजकुमार शर्माले शपथ गराएका हुन्।

उनीहरु सबैजना उच्च अदालतको न्यायाधीश मध्येबाट सिफारिस नियुक्त भएका हुन्। चार जना थपिएसँगै सर्वोच्च अदालतमा न्यायाधीशको संख्या २० पुगेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्