साउन ०८ गते शुक्रबारको तपाईको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ श्रावण २०८३, शुक्रबार
7 Min Read
Aa

आज मिति वि.सं.२०८३ साल साउन ०८ गते । शुक्रबार । ईश्वी सन् २०२६ जुलाई २४ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । वर्षा ऋतु । श्रीशाके १९४८ । आषाढ शुक्लपक्षको दशमी तिथी । आज बिहान ५ बजेर २३ मिनेटमा काठमाडौँ उपत्यकामा झुल्किएको घाम बेलुकी ६ बजेर ५५ मिनेटमा अस्ताउनेछ ।

 

- Advertisement -
Ad imageAd image

आजको राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):– दिन केही चुनौतीयुक्त रहने देखिन्छ । सानै कुराले विवाद वा झैझगडाको बिजारोपण हुनसक्ने सम्भावनाका कारण बोली र व्यवहारमा संयमता अपनाउनु हितकर होला । मनमा डरले डेरा जमाउला, सावधान रहेर काम गर्नु उचित हुनेछ । मित्र एवम् आफन्तजनसँग सामान्य मनमुटाव हुनसक्छ । समयमा निर्णय नहुँदा महत्वपूर्ण काममा अवरोध आउने र चिन्ता बढ्ने योग छ । प्रतिकुलताका बाबजुद आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):– बुद्धिविवेकको सही प्रयोग भइ चिताएका काममा सफलता पाइने समय छ । आर्थिक पक्षमा सफलता मिल्नुका साथै परिश्रमअनुसार राम्रै उपलब्धि पाइएला । मिल्ने साथीसँगको भेटले मन रमाउनेछ । विपरीतलिंगीको साथ-सहयोग मिल्ने योग छ । लेनदेनको कारोबार गर्नका लागि सही समय छ । पाहुनाको आगमन सुखदायी रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । खेलकुद, भ्रमणादिमा रुचि बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):– आरोग्यबल बढेपनि नियमित कार्य एवम् जागिरमा पनि खासै मन नजाने समय छ । तर, उन्नति–प्रगतिमा कुनै रोकावट हुनेछैन । केहीले सम्मान गर्ने र कतिपयले अनावश्यक डर देखाउने मिश्रित किसिमको दिन छ । समाजसेवा र राजनीतिमा आफ्नो वर्चश्व बढाउन सकिनेछ । आफन्तजनको साथ मिल्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):– मिश्रित फलदायी समय छ । अनौठो तरिकाबाट रुपैयाँपैसा कमाइएला । लाभदायक यात्राको सम्भावना छ । सामाजिक कार्यबाट सम्मान मिल्ने देखिन्छ । भौतिक सामान बिग्रेर कार्यमा रोकावट आउनसक्छ । परिवारमा हल्का विवाद हुन सक्छ । सामान्य चोटपटकको योग रहेकोले सावधानी अपनाउनु हितकर हुनेछ । आज रमाइलो यात्राको सम्भावना पनि रहेको छ । प्रेमभाव वृद्धि र साथीसंगीको सहयोग प्राप्त हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):– आजको दिन साहसिक काममा मन गएपनि सोचेअनुरुप काम नहुने र खर्च वृद्धिले गर्दा मन अशान्त रहन सक्छ । आर्थिक पक्ष खासै राम्रो छैन, नसोचेको या निरर्थक क्षेत्रमा पैसा खर्च हुने देखिन्छ, सजग रहनुहोला । स्वास्थ्य पनि केही कमजोर रहनसक्छ, खानपानमा सचेतना अपनाउनु हितकर हुनेछ । भौतिक सरसामनको क्षति हुनुबाट बच्न सजगता अपनाउनुहोला । सन्तानपक्षबाट सुख मिल्नेछ । यात्रागत कार्य गर्दैहुनुहुन्छ भने सफलता मिल्ने दिन छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):– अध्ययन-अध्यापनमा खासै प्रगति नभएपनि शत्रु र रोग पन्छाउने उचित समय छ, प्रयास गर्नुहोला । नचिताएको ठाउँबाट धनलाभ हुने देखिन्छ । आम्दानीका बाटाहरु खुल्नुका साथै ब्यापार ब्यवसायमा राम्रै आम्दानी हुने योग छ । व्यस्तता वृद्धि भएअनुसार काममा प्रगति देखिनेछ । मिठो भोजन प्राप्ति र सुख बढ्नेछ । गीतसंगीत तथा रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):– आजको दिन नियमित कार्यमा खासै जाँगर नचल्ने देखिन्छ । गरेका काममा बाधा पैदा भइ आर्थिक हानीसमेत हुनसक्छ, सावधानी अपनाउनुहोला । स्वास्थ्य पनि केही कमजोर रहन सक्छ । मौसमी परिवर्तनको प्रभावले आलश्यपनले सताउन सक्छ । खानपानमा पथ–परहेज गर्नु हितकर हुनेछ । विचार पुरÞ्याउनु होला । धर्मकर्म एवम् सामाजिक कार्यमा आकर्षण बढ्नेछ । बौद्धिक तथा विवेकपूर्ण व्यवहारले समस्या पन्छाउन सकिनेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– पारिवारिक सुखशान्ति बढ्नुको साथै नियमित कार्यमा सफलता मिल्ने दिन छ । गरिएका परिश्रम खेर जानेछैन । अर्थलाभ र प्रगतिको यथेष्ट सम्भावना छ । चिताएको काममा सफलता पाइनेछ भने धनलाभ पनि हुने देखिन्छ । पुराना साथीसँगको भेटघाटले मन रमाउला । प्रेमभाव र आरोग्यबल बढ्नेछ । रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा विशेष सफलता मिल्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– सामर्थ्य वृद्धि हुनुका साथैअथक मिहिनेतले रोकिएको काम बन्ने समय छ । बन्दैन भनेको काम पनि अथक प्रयासमा बन्ने देखिन्छ । आफन्त र सहयोगीजनको सहयोग पनि प्राप्त हुनेछ । प्रेम प्रसंगको बिग्रेको सम्बन्धमा केही सुधार आउन सक्छ, तर मानसिक तनावको अवस्था कायम रहने देखिन्छ । सुख–सुविधा वृद्धिका लागि गरिएको प्रयास पूरा नहुन सक्छ । बिहानीपख सुखको अनुभव होला तर बेलुकीपख काममा जाँगर नलाग्ने देखिन्छ । मित्रजनको जमघटमा मिठो भोजन प्राप्त हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):– सोचेका काम पूरा भइ सुखको अनुभव हुने समय छ । आज रुपैयाँपैसाको पनि कारोबार राम्रै होला । परिवारजनको साथले नयाँ आशा पलाउने छ । केही नयाँ कामको योजनामा हुनुहुन्छ भने, थालनीका लागि उचित दिन छ । धार्मिक एवम् सामाजिक कार्यमा सहभागी हुनाले मन रमाउला । दाम्पत्यजीवन सुखदायी रहनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ । समग्रमा अनुकूलता वृद्धि भएको अनुभूति होला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):– नसोचेको ठाउँबाट आकस्मिक लाभ हुनसक्ने समय छ । मित्रमण्डलीसँग भेटघाट र उपयोगी छलफल होला । धनलाभको बाटो पत्ता लाग्ने योग छ । परिवारमा भने सामान्य विवाद हुनसक्छ, संयम व्यवहार गर्नु हितकर हुनेछ । कतै आकस्मिक निम्तोमा सहभागी हुनुपर्ने सम्भावना देखिन्छ । सबल स्वास्थ्यका लागि आहारविहारमा विशेष सतर्क रहनु उचित हुनेछ । यात्रापरक काम बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– अधुरा कामहरुले पूर्ण पाउने समय रहेकोले लगनशील भइ प्रयत्न गर्नु उचित हुनेछ । कुनै नयाँ कामको थालनी गर्नका लागि पनि सही समय छ । काम गर्न जाँगर चल्नाले धनको लाभ होला । सन्तान पक्षबाट सुखको अनुभुति हुनेछ । पारिवारिक कार्यमा सामान्य भएपनि आर्थिक समस्याले पनि सताउने सम्भावना छ, तर दायित्व पूरा गर्नुहुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्