असार २२ गते सोमबारको तपाईको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ असार २०८३, सोमबार
6 Min Read
Aa

आज मिति वि. सं.२०८३ साल असार २२ गते । सोमबार । इस्वी सन् २०२६ जुलाई ६ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४८ । आषाढ कृष्णपक्षको षष्ठी तिथि । आज बिहान ५ बजेर १५ मिनेटमा काठमाडौं उपत्यकामा झुल्किएको घाम बेलुकी ७ बजेर १ मिनेटमा अस्ताउनेछ । आज बिहान ६ बजेर ५८ मिनेटदेखि ८ बजेर ४१ मिनेटसम्म राहुकाल रहने हुनाले कुनै पनि शुभकार्य नगर्नु हुन अनुरोध छ ।

 

- Advertisement -
Ad imageAd image

आजको राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):– मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुनसक्ने दिन छ । सहयोगीहरूले काममा उत्साह जगाउनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्न सकिनेछ । तथापि, आज अनावश्यक भ्रमण हुन सक्छ, ध्यान राख्नुहोला । स्वास्थ्यगत समस्याले सताउने देखिन्छ । उपचारमा केही खर्च हुने योग छ । आफन्तजनको साथ मिल्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):– व्यस्तता वृद्धिका साथै व्यावसायिक काममा खर्च बढ्ने समय छ । यात्रा सुखद रहेपनि भावी योजनाबारेको चिन्तन र चिन्ताले सताउन सक्छ । प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ, तर सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । नियमकानूनले साथ दिनाले दायित्व निर्वाहमा सहजता रहला । स्वास्थ्य सबल रहनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):– रोकिएका काम बन्नाले उत्साह जागृत भएपनि विगतका समस्या बल्झिन सक्ने समय छ् । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । आजको दिन आर्थिक कारोबार सकभर नगर्नु उचित हुनेछ । सानातिना काम र घरेलु समस्या देखापर्न सक्छ । तथापि, पुरुषार्थद्वारा अधिकार स्थापित गर्न सकिनेछ । बौद्धिक कार्यमा सफलता प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):– आजको दिन मेहनतअनुसार फाइदा कमै होला, तर कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । चिताएको काम समयमा सम्पादन हुन सक्ने सम्भावना कमै देखिएपनि नियमित कार्यबाट उपलब्धि नै मिल्नेछ । स्वास्थ्य केही कमजोर भएको अनुभूति हुनसक्छ । परोपकारका कार्यमा ध्यान दिनु हितकर सावित होला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):– कुनै विषयले मनमा त्राासको अवस्था रहेपनि आजको दिन विभिन्न अवसरले पछ्याउनेछन् । बोली र ब्यक्तित्वको प्रभाव बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिएला । प्रतिस्पर्धामा विजयी भइनेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्नुका साथै यात्रागत कार्यमा सफलता मिल्ने देखिन्छ । कामको चापबाट फुर्सद पाइएला । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):– आजको दिन अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ने देखिन्छ । काम पूरा नहुनाले मन खिन्न रहला । आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्छन् । तथापि, शत्रुसित लड्ने सामथ्र्य बढ्नेछ । स्वास्थ्य सबल रहनेछ । बौद्धिक र रचनात्मक कार्यमा आंशिक सफलता मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):– दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । विशेष सभा–समारोहमा भाग लिने अवसर प्राप्त होला । तार्किक क्षमता बढ्नेछ भने बोलीको प्रभाव पनि रहनेछ । तथापि, विशेष प्रयत्नका बाबजुद अवसरको पूरा लाभ उठाउन मस्किल पर्ने योग छ, ध्यान राख्नुहोला । प्रेमभाव वृद्धि र रसरागमा आकर्षण रहनेछ । विपरीतलिंगी मित्रको साथ–सहयोग मिल्नेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– नियमित कार्यमा ब्यस्तता बढ्नेछ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदाको दिन छ । इरेष्या गर्नेहरूले काममा अवरोध गर्न सक्छन्, तर रुचिका विषयमा लगानी बढाउन सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा होला । मिष्ठान्न भोजनको योग छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ । आफन्तको साथ मिल्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– सामाजिक कार्य तथा परोपकारमा मन जाने समय छ । आजको दिन स्वास्थ्यमा भने केही कमजोरीको अनुभूति हुन सक्छ । सानातिना काममा अल्झनुपर्दा मुख्य काममा अवरोध हुनसक्छ, सचेत रहनुहोला । तथापि, परिवारजनको साथले काममा उत्साह जगाउनेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । दाम्पत्यसुख बढ्ला । पराक्रम वृद्धि हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):– आजको दिन सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । स्वास्थ्य केही कमजोर रहन सक्छ, तर अस्वस्थताका बाबजुद कामको दायित्व बढ्ला । नियमित काममा ढिलासुस्ती हुनसक्छ । अप्रिय समाचारले दुःखी बनाउन सक्छ । कर्मबल वृद्धिसँगै साथीभाइको सहयोग प्राप्त हुनेछ । प्रतिकुलताका बाबजुद रसरागमा आकर्षण रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):– आजको दिन केही चुनौतीयुक्त रहला, तर राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्नसक्ने समय छ । बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ, सावधान रहनुहोला । पढाइलेखाइमा प्रगति गर्न नसकिने र व्यापारमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु उचित हुनेछ । आरोग्यबल रहनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– आजको दिन व्यापारमा राम्रै फाइदा हुनेछ भने विभिन्न सहयोग र उपहार पाइने समय छ । आँटेका काम तत्काल सम्पादन हुनसक्ने देखिन्छ । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त होला । भौतिक साधन जुट्नाले आयआर्जन राम्रै हुनेछ । कतै अतिथिका रूपमा सम्मान पाइएला । व्यस्तताका साथै खर्च केही बढ्ने देखिन्छ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्