आज मिति वि. सं. २०८३ असार २० गते शनिबार ई. सं. २०२६ जुलाई ४ नेपाल सम्बत ११४६ तछलागा चतुर्थी, रौद्र नाम संवत्सर सूर्य उत्तरायण, गृष्म ऋतु, असार कृष्ण चतुर्थी, चन्द्रमा कुम्भ राशिमा, घनिष्ठ नक्षत्र, प्रिति योग, बालव करण । आज बिहान ५ बजेर १३ मिनेटमा काठमाडौं उपत्यकामा झुल्किएको घाम साँझ ७ बजेर ४ मिनेटमा अस्ताउनेछ ।
आजको राशिफल
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):– व्यस्तता बढेपनि व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । यशवर्चश्व बढ्नेछ । धन सम्पदामा बढोत्तरी हुने देखिन्छ । बेसुरमा वचन दिने बानीले भने कष्ट दिनसक्छ, ध्यान राख्नुहोला । नजिकका साथीभाइ टाढिन सक्छन्, महत्वाकांक्षी योजना गोप्य राख्नु उचित हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):– आश मारेको काम फेरि बन्ने सङ्केतले उत्साह जगाउने र ठीक समयमा सही निर्णय लिन सकिने समय छ । मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव पनि बढ्ने देखिन्छ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । दाम्पत्यसुख बढ्नेछ । सामर्थ्य वृद्धि हुनेछ । शत्रुपक्ष कमजोर रहला ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):– कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । बोली र व्यवहारको प्रभावले धेरैको मन लोभ्याउन सकिने समय छ । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । तथापि, केही अवसर फुत्कन सक्छन्, सचेत रहनुहोला । गोपनीयतामा विशेष ध्यान दिनु उचित हुनेछ । आरोग्यता रहनेछ । रसरागात्मक काममा आकर्षण रहनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):– प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिने समय छ । प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्तिका साथै आर्थिक पक्ष सुदृढ रहला । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ भने आफन्तजनको साथ मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । साझेदारीको काम बन्नेछ । सुख सुविधाको वस्तु बढ्नेछन् । तथापि, गल्तीबिनै आरोप लाग्न सक्ने योग छ, सजग रहनुहोला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):– दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउने देखिन्छ । साथ दिनेहरू बढ्नुका साथै प्रतिष्ठा, मान-सम्मान आदि पाइने योग छ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । यात्रागत कार्य सार्थक रहनेछ । मित्रजनका साथ मिठो भोजन प्राप्त होला । यात्रापरक काम बन्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):– आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै फाइदा हुने समय छ । लगनशीलताले राम्रै उपलब्धि दिलाउला । परिवारजनको सहयोग लिँदा अझ राम्रो हुनेछ । विशेष सभा-समारोहमा भाग लिने मौका प्राप्त हुन सक्छ । आरोग्यबल बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले भने तनाव सिर्जना गराउन सक्छ, ध्यान राख्नुहोला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):– व्यस्तता वृद्धि हुनुका साथै परिस्थिति अलिक प्रतिकूल रहने देखिन्छ । काम बिग्रने डरले सताउला । अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ । थिचोमिचो गर्नेहरूले सताउन सक्छन् । चोरी वा ठगीमा परिने योग भएकोले आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनु उचित होला । खर्च केही वृद्धि हुनसक्छ, योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– मिश्रित फलदायी समय छ । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले दिन फुर्सदिलो रहेको अनुभूति होला । स्वास्थ्य केही प्रतिकूल रहनुका साथै परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ, ध्यान राख्नुहोला । प्रतिष्पर्धीहरू भारी पर्न सक्छन् । तथापि, परिवारिक साथले उत्साह बढाउने योग छ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– दिन उतारचढावयुक्त रहला । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनसक्छ । तथापि, समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने योग छ । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ । आमाको माध्यमबाट काम बन्नसक्छ । खर्चमा केही वृद्धि हुने देखिन्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):– विभिन्न भौतिक साधन जुट्नुका साथै रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने अर्थात् परिश्रमको उचित परिणाम प्राप्त हुने योग छ । विशेष योजनामा साथीभाइको सहयोग प्राप्त हुनेछ । आजको दिन कतै आतिथ्यपूर्ण सम्मान पाइएला । रसरागमा आकर्षण बढ्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):– कार्यगति बढ्ने र गरिएका कर्मको उचित प्रतिफल पाइने समय छ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवन रमाइलो रहला । आम्दानी बढ्ने तथा धनार्जनको योग छ । आफन्त एवम् मित्रजनको साथले जस्तोसुकै समस्याको समाधान मिल्ने देखिन्छ । यात्रागत कार्य शुभ र सार्थक रहला । विपरीतलिंगी मित्रको सहयोगले महत्वपूर्ण काम बन्न सक्छ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– नियमित कार्यमा सहजता आउनाले दिन उत्साहपूर्ण रहला । उद्योग र व्यापारमा हुनेले विशेष फाइदा आर्जन गर्ने देखिन्छ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिएला । सुखद समाचार सुन्न पाइने योग छ । स्वास्थ्य सबल रहला । रसरागमा आकर्षण बढ्नेछ । सुखद र मनोरञ्जनपूर्ण यात्रा हुने देखिन्छ । पारिवारिक सुख मिल्नेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्