असार १७ गते बुधबारको तपाईको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ असार २०८३, बुधबार
6 Min Read
Aa

आज मिति वि. सं. २०८३ असार १७ गते बुधबार ई. सं. २०२६ जुलाई १ नेपाल सम्बत ११४६ तछलाथ्व पारु, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, असार कृष्ण प्रतिपदा, चन्द्रमा धनु राशिमा, पूर्वाषढा नक्षत्र, एन्द्र योग, कौलव करण । आज बिहान ५ बजेर ११ मिनेटमा झुल्किएको घाम साँझ ७ बजेर ४ मिनेटमा अस्ताउनेछ ।

 

- Advertisement -
Ad imageAd image

आजको राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):– लाभ हुने काम प्रारम्भ गर्ने समय छ । नसोचेको ठाउँबाट धन आर्जन हुने देखिन्छ । साझेदारीमा राम्रो फाइदा मिल्ने र आयआर्जनका स्रोत बढ्ने योग छ । मातृपक्षबाट महत्वपूर्ण काम बनाउन सकिनेछ । असावधानीले धन खर्च हुन सक्छ, योजना बनाएर मात्र आर्थिक कारोबार गर्नु हितकर होला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):– शुभदायी समय छ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु उचित हुनेछ । सामाजिक उत्तरदायित्व बहन गर्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् भने नयाँ जिम्मेवारी हात लाग्ने योग छ । रसरागको भाव वृद्धि हुने देखिन्छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):– आजको दिन कामहरू सजिलै बन्नाले उत्साह जाग्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार हात पर्ला । परोपकारजन्य क्रियाकलापमा संलग्न रहने योग छ । मंगलमय कृत्य सम्पादन गर्न सकिनेछ । यात्रागत कार्य सार्थक रहनेछ । अरूका विषयमा चासो लिँदा विवादमा परिने योग छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):– सोचेअनुसारको दिन नरहन सक्छ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । बाध्यताले अप्ठ्यारोमा पार्नसक्ने र सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । कामको सिलसिलामा यात्राको प्रक्रिया अघि बढ्ने योग छ । स्वास्थ्य केही कमजोर रहला । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्ने सम्भावना छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):– दिन खासै उत्साहवद्र्धक नरहला । मुख्य काममा बाधा हुने देखिन्छ भने सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहन सक्छ । भौतिक साधनले धोका दिनसक्ने समय छ । स्वास्थ्य केही कमजोर रहला, जसका कारण आँटेको काम समयमा पूरा नहुन सक्छ । पढाइलेखाइमा पनि खासै मन नजाने देखिन्छ । आजको श्रमको उचित परिणाम हासिल नहुन सक्छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):– रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । आजको दिन सहयोगीहरूले राम्रो साथ दिनेछन् । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ । पठनपाठनमा पनि प्रगति हुनेछ । यसका बाबजुद समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् भने काम बिग्रने डरले सताउन सक्छ । आत्मविश्वासी भाव जागृत गरी कर्ममा लाग्नु हितकर हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):– काम बिग्रने डरले भित्रभित्रै सताएपनि व्यापार-व्यवसायबाट लाभ मिल्ने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । आजको दिन अरुलाई कुनै पनि आश्वासन नदिनु हितकर हुनेछ, अन्यथा पछिसम्म अप्ठ्यारो पर्न सक्छ । बेसुरमा वचन दिनाले दुःख पाइनेछ । मानसम्मानमा ठेस पुग्ने योग रहेकोले बोली र व्यवहारमा विशेष सजगता अपनाउनु उचित हुनेछ । सानातिना काममा समय बित्ने देखिन्छ । यात्रागत कार्यमा आंशिक सफलता मिल्नेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– आजको दिन दिन केही चुनौतीयुक्त रहला । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने समय छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् भने व्यावसायिक काममा पनि समस्या आउने देखिन्छ ।सवारीसाधनको प्रयोगमा आज विशेष सावधानी अपनाउनु हितकर होला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । आज स्वास्थ्य पनि खासै सबल नरहने देखिन्छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– आजको समय केही प्रतिकुल रहन सक्छ । स्वास्थ्य केही कमजोर रहनाले काम सम्पादन गर्न मुस्किल पर्ला । समयमा काम पूरा नहुनाले अवसर गुम्ने देखिन्छ । छरछिमेकमा झैझगडाको सम्भावना रहेकोले सावधान रहनु हितकर होला । आर्थिक अपब्ययको योग छ । श्रमको समुचित मूल्यांकन नहुनाले आम्दानीमा बाधा पुग्ने देखिन्छ । महत्वपूर्ण कामका लागि यात्रा गर्दै हुनुहुन्छ भने आज थाती राख्नु उचित हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):– मिश्रित फलदायी दिन छ । सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन्, तथापि वित्तादि लाभ हुने देखिन्छ । कृषि–चौपायामा केही समस्या देखिए पनि धन आर्जन गर्ने मौका जुर्ला । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । गरिँदै आएको काममा थप जाँगर पलाएर आउने छ, तर पढाइलेखाइमा मन नजान सक्छ । रासरागमा आकर्षण रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):– आजको दिन अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । व्यावसायिक काममा खर्च बढ्ने देखिन्छ । महत्वपूर्ण अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि सोचविचार गर्नु उचित हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रशन्न रहला । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ । विपरीतलिंगी मित्रको साथ–सहयेग रहनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– आयआर्जनको दृष्टिले राम्रो समय छ । उद्योग-व्यापारमा विशेष फाइदा होला । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यमा विशेष ध्यान राख्नु हितकर हुनेछ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । मनोरन्जनमा ज्यादा समय ब्यतीत भएर जाला । मनोरञ्जनात्मक यात्राको योग छ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्