असार १५ गते सोमबारको तपाईको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ असार २०८३, सोमबार
7 Min Read
Aa

आज मिति वि. सं. २०८३ साल असार १५ गते, सोमबार। ईश्वी सम्मत २०२६ जुन २९ तारिख। नेपाल संवत् ११४६। रौद्र संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। श्रीशाके १९४८। ज्येष्ठ शुक्लपक्षको पूर्णिमा तिथि एवं राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिन। आज बिहान ५ बजेर १२ मिनेटमा झुल्किएको घाम साँझ ७ बजेर एक मिनेटमा अस्ताउनेछ । आज बिहान ६:५५ देखि बेलुकी ८:३९ सम्म राहुकाल रहने हुनाले आज दिनभर कुनैपनि शुभकार्य नगर्नुहुन अनुरोध छ ।

 

- Advertisement -
Ad imageAd image

आजको राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):– प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउने समय भएपनि सानातिना काममा अल्झनुपर्दा मुख्य काममा अवरोध हुन सक्छ । पहिलेको सफलताले थप हौसला जगाउने समय छ । रोकिएका काम बन्नाले उत्साह जागृत होला । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइनेछ । विद्यामा भने कमजोरी र लेनदेनमा विवादको सम्भावना छ । घरेलु समस्या बल्झिन सक्छन्, सावधान रहनुहोला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):– मेहनतले सम्मानित स्थान दिलाउने समय छ । शरीरमा उत्साह र उमङ्ग प्राप्त होला । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । नचिताएको ठाउबाट धन आर्जन हुनाले मन हर्षित हुने देखिन्छ । बौद्धिक तथा रचनात्मक काम सफल रहने देखिन्छ । तथापि, आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्ने तथा बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्ने योग छ, ध्यान राख्नुहोला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):– अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ने समय छ । समयमा होस नपुग्नाले काम रोकिन सक्छ । सवारीसाधन चलाउँदा आजको दिन विशेष सावधानी अपनाउनु हितकर हुनेछ । दीर्घकालीन रूपमा फाइदा मिल्ने काममा हात हाल्ने योग छ । तार्किक क्षमता वृद्धि होला । विशेष सभा-समारोहमा भाग लिने मौका प्राप्त हुने सम्भावना छ । परिवारिक सुखले उत्सााह जगाउला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):– शुभतासँगै प्रगतिको दर बढ्नेछ । रोकिएको काम अघिबढ्लान् । तपाईंबाट भएका कामबाट धेरैलाई फाइदा पुग्ने देखिन्छ । सहयोगीहरूले काममा साथ दिनेछन् भने व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुने योग छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । व्यापार-व्यवसायमा राम्रै फाइदा हुनेछ । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त होला । विभिन्न सहयोग र उपहार हातपर्ने सम्भावना छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):– विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने र कामले धेरैको मन लोभ्याउन सकिनेछ समय छ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी होला । अरूलाई प्रभावित पारेर फाइदा उठाउन सकिनेछ । भूमि र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ हुने देखिन्छ । स्वास्थ्य भने केही कमजोर रहन सक्छ, सजग रहनुहोला । पठनपाठनमा समय दिन नसकिएला । परिवारिक सुखको योग छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):– नसोचेको अनि बेकामको क्षेत्रमा ब्यय हुने सम्भावना रहेकोले आजको दिन खर्च गर्दा ध्यान राख्नुहोला । सामान्य रोगले सताउन सक्छ, सजगता अपनाउनु उचित हुनेछ । प्रतिकुलताका बाबजुद मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । रचनात्मक तथा कलात्मक काममा सफलता मिल्नेछ । विपरीतलिंगीको साथ-सहयोग रहला । अरूका काममा समय दिनुपर्ने सम्भावना छ । आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्छन्, सजगता अपनाइ व्यवहार गर्नुहोला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):– रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । परिवारजनको साथले काममा उत्साह जगाउनेछ । उद्योग र व्यापारमा विशेष फाइदा होला । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्यजीवन सुखमय बन्नेछ । परोपकारी कर्ममा मन जाने देखिन्छ । स्वास्थ्य केही कमजोर रहनसक्छ, विशेष सावधानी अपनाउनु हितकर हुनेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– शुभदायी समय छ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू भेटिनेछन् । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । धन आर्जनको योग छ । रुचिका विषयमा लगानी बढाउन सकिनेछ । इर्ष्या गर्नेहरूले काममा अवरोधको प्रयत्न गर्न सक्छन्, सावधानीपूर्वक व्यवहार गर्नुहोला । आरोग्यता रहनेछ । विपरीतलिंगीको साथ-सहयोगले उत्साह वृद्धि गराउने योग छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– पहिलेका कमजोरी सुधार्दै लाभ उठाउने अवसर मिल्न सक्छ । बिछोडिएका परिवारजनसँग भेटघाट हुने समय छ । तर अनावश्यक भ्रमण हुन सक्छ, सजग रहनुहोला । स्वास्थ्यगत समस्याले पनि केही सताउन सक्छ । मेहनतले राम्रै प्रतिफल दिलाएपनि खर्च वृद्धि हुने योग छ । सहयोगीहरूले भने काममा उत्साह जगाउनेछन् । धर्मकर्ममा आकर्षण बढ्नेछ । यात्रागत कार्य सफल रहनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):– बोलीको भरमा काम सम्पादन हुने तथा बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुने समय छ । राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्ने सम्भावना छ । बेसुरमा अरूलाई दिएको वचनले भने अप्ठ्यारोमा पार्न सक्छ, बोलीमा लगाम लगाउनु हितकर होला । पढाइलेखाइमा केही बाधा पुग्ने योग छ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ । आमोदप्रमोदको अवस्था रहला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):– मिश्रित फलदायी समय छ । पारिवारिक सहयोग प्राप्त हुनेछ तर नियमित कार्यमा पनि दोधारको अवस्था सिर्जना हुनसक्छ । पुरानो रोगले पनि सताउने सम्भावना छ, खानपान आदिमा सजग रहनुहोला । विगतका कमी-कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ । आय-आर्जनको माध्यम बिगार्न खोज्नेहरू सक्रिय रहन सक्छन्, सजग रहनु उचित हुनेछ । कर्मबल वृद्धि भएपनि श्रमको उचित मूल्य नमिल्न सक्छ । बिछोडिएका परिवारजनसँग भेटघाट हुने योग छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त होला । आजको दिन नयाँ स्थानमा यात्राको सम्भावना छ, तर अनावश्यक यात्राबाट जोगिनु उचित हुनेछ । आफन्तजनसँग सम्बन्ध चिसिन सक्छ, व्यवहारमा लचकता अपनाउनु उचित होला । रसरागको भाव वृद्धि हुनेछ । पारिवारिक सुख-शान्ति रहनेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्