ओसासुनामाथि बार्सिलोनाको सहज जित, ला लिगा उपाधि नजिक बार्सिलोना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० बैशाख २०८३, आईतवार
1 Min Read
Aa

काठमाडौँ – बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत ओसासुनामाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले ओसासुनालाई २-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्की र फेरान टोरेजले एक एक गोल गरेका थिए । त्यस्तै ओसासुनाका लागि एक गोल राउल गार्सियाले गरेका थिए ।

यो जितपछि बार्सिलोनाको ३४ खेलमा ८८ अंक भएको छ र लिगको उपाधि जितको नजिक पुगेको छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडभन्दा बार्सिलोना १४ अंकले अगाडी भएको छ । रियल म्याड्रिडले एक खेल कम खेल्दै ३३ खेलमा ७४ रन बनाएको छ ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्