काठमाडौं – नेपाल आयल निगमले इन्धनको मूल्य पुनरवलोकन गरेको छ। बुधबार सूचना जारी गर्दै मध्य रातिबाट लागू हुने गरी डिजेल र मट्टितेल प्रतिलिटर ३० रुपैयाँ तथा हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ बढाएको हो।
तर पेट्रोलको भने यथावत राखिएको निगमले जनाएको छ। पछिल्लो हेरफेरपछि डिजेल र मट्टितेल २३७ रुपैयाँ प्रतिलिटर पुगेको छ। पहिलो वर्गमा भने २३४.५० र दोस्रो वर्गमा २३६ रुपैयाँ रहेको छ।
मूल्य समायोजनपछि डिजेलमा प्रतिलिटर ९९.१६ रुपैयाँ अझै घाटा हुने निगमको भनाइ छ। इन्डियन आयल कर्पोरेसनले नेपालमा नयाँ खरिद मूल्यसूची पठाएपछि नेपालमा पनि हेरफेर भएको हो।



प्रतिक्रिया दिनुहोस्