म्यानचेस्टर डर्बीमा युनाइटेड विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ माघ २०८२, शनिबार
1 Min Read
Aa

काठमाडाैँ – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर डर्वि भिडन्तमा उपाधि दाबेदार मानिएको म्यानचेस्टर सिटी म्यानचेस्टर युनाइटेड सँग २–० ले पराजित भएको छ। सिटीको यो लगातार चौंथो खेलमा जितविहीन यात्रा हो। यसअघि सिटी पछिल्ला तीन खेलमा लगातार बराबरीमा चित बुझाउनुपरेको थियो।

युनाइटेडको घरेलु मैदान वल्ड ट्राफोर्डमा पहिलो पटक अन्तरिम प्रशिक्षक माइकल क्यारिकको प्रशिक्षणमा मैदान उत्रिएको युनाइटेड राम्रो लयमा देखिएको थियो। बलियो प्रतिद्वन्द्धी विरुद्ध मैदान उत्रिंदै गर्दा उनले निकालेको पहिलो जितले युनाइटेडलाइ ठूलो आत्माविश्वास दिएको छ।

- Advertisement -
Ad imageAd image

खेलको तेस्रो मिनेटभित्रै युनाइटेडले अग्रता लिने मौका गुमायो ब्रुनो फर्नान्डेसको कर्नरमा ह्यारी म्याग्वायरले हानेको हेडर पोस्टमा ठोक्कियो। त्यसपछि पनि पटक पटक प्रयासलाइ गोलरक्षकले असफल बनाएका थिए। तर दोस्रो हाफमा युनाइटेडले अग्रता बनायो।

डोनारुम्माले सिटीलाइ बचाउने अनेकन प्रयास गरेपनि असफल भए। केही गोल अपसाइड घोषित भए। यद्यपी दोस्रो हाफमा ब्रायन मेबुमो र प्याट्रिक डोर्गुले गोल गर्दै युनाइटेडको तीन अंक निश्चित गरे। खेलको इन्जुरी समयमा अर्को एक गोल गरेपनि अपसाइड घोषित भएको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्