‘मड्रिड डर्बी’मा रियालको लज्जास्पद हार: अपराजित यात्रा टुंगियो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ आश्विन २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौं – स्पेनिस ला लिगामा लिग लिडर रियाल मड्रिडले सहरिया प्रतिद्वन्द्वी एट्लेटिका मड्रिडविरुद्ध ५–२ को हार व्यहोरेको छ ।

शनिबार एट्लेटिको मड्रिडको मैदानमा सम्पन्न ‘मड्रिड डर्बी’मा घरेलु टिमबाट हुलियन आल्भारेजले दुई गोल गरे । एलेसान्डर सोर्लोथ, रोबिन ले नोर्मान्ड र एन्टोइन ग्रिजमनले समान एक गोल थपे । रियालका किलियन एमबाप्पे र अर्दा गुलरले समान एक गोल फर्काए ।

- Advertisement -
Ad imageAd image

नोर्मान्डले १४औँ मिनेटमा गरेको गोलबाट एट्लेटिकोले अग्रता बनाएको थियो । तर, २५औँ मिनेटमा रियालबाट एमबाप्पेले बराबरी गोल फर्काए । ३८औँ मिनेटमा गुलरको गोलबाट रियालले अग्रता बनाएको थियो । तर, पाहुना टिमको यो अग्रता लामो समय टिक्न सकेन । पहिलो हाफको इन्ज्युरी समयमा सोर्लोथले गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काए ।

दोस्रो हाफमा एट्लेटिकोले तीन गोल थप्यो । ५१औँ मिनेटमा अर्जेन्टिनी फरवार्ड आल्भारेजले पेनाल्टी सदुपयोग गर्दै एट्लेटिकोलाई ३–२ को अग्रतामा राखे । त्यसको १२ मिनेटपछि आल्भारेजकै गोलमा एट्लेटिकोले अग्रतालाई ४–२ मा पुर्‍यायो । इन्ज्युरी समयमा ग्रिजमनले गोल थपेसँगै एट्लेटिकोले ५–२ को जितसहित तीन अंक सुरक्षित गरेको हो ।

जारी सिजन रियालको यो पहिलो हार हो । हारका बावजुद शीर्ष स्थानमा आसीन रियालको सात खेलबाट १८ अंक छ । समान खेलबाट १२ अंक जोडेको एट्लेटिको चौथो स्थानमा छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्