काठमाडौं – म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै आर्सनलले इङलिस प्रिमियर लिगमा विजय सुरुवात गरेको छ। आईतबार राति ओल्ड ट्राफोर्डमा भएको सिजनको पहिलो खेलमा आर्सनलले युनाइटेडलाई १–० गोल अन्तरले पराजित गरेको हो।
आर्सनलको जितमा डिफेन्डर रिकार्डो कालाफियोरीले गरेको गोल नै निर्णायक बन्यो। पहिलो हाफको १३ औँ मिनेटमा गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए।
त्यसपछि खेलमा थप गोल हुन नसक्दा युनाइटेडले सिजनमा खराब सुरुवात गरेको छ। सिजनको पहिलो जितसँगै आर्सनल ३ अंकमा छैटौँ स्थानमा छ।
आईतबार राति नै दि सिटी ग्राउण्डमा भएको अर्को खेलमा नटिङघम फरेस्टले ब्रेन्टफोर्डमाथि ३–१ को जित निकालेको छ। पहिलो जितसँगै फरेष्ट अंक तालिकाको पाचौँ स्थानमा उक्लेको छ।
अर्को खेलमा भने चेल्सीले क्रिष्टल प्यालेससँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ।


प्रतिक्रिया दिनुहोस्