प्रिमियर लिगमा लिभरपुलको विजयी शुरुवात: उद्घाटन खेलमा बोर्नमाउथ ४-२ गोल अन्तरले पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३२ श्रावण २०८२, शनिबार
1 Min Read
Aa

काठमाडौँ – इङलिश प्रिमियर लिगको नयाँ सिजनमा डिफेन्डिङ च्याम्पियन लिभरपुलले विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले बोर्नमाउथलाई ४-२ गोल अन्तरले पराजित गर्दै नयाँ सिजनमा विजयी शुरुवात गरेको थियो ।

२-० ले अगाडी रहेको लिभरपुलविरुद्ध बोर्नमाउथले शानदार कमब्याक गर्दै खेलको ७६औ मिनेटमा २-२ को बराबरी गरेको थियो । बोर्नमाउथका लागि दुवै गोल एन्टोइन सेमेन्योले गरेका थिए । तर त्यसपछि खेलको ८८औं र ९४औं मिनेटमा गोल गर्दै लिभरपुलले कमब्याक गरेको थियो ।

- Advertisement -
Ad imageAd image

लिभरपुलका लागि हुगो इकिटिक, कोडी गाक्पो, फेडेरिको चिएसा र मोहमद सलाहले एक एक गोल गरेका थिए । यो खेल गत जुलाईमा कार दुर्घटनामा मारिएका लिभरपुल स्ट्राइकर डियोगो जोटा र उनका भाइ आन्द्रे सिल्भालाई भावनात्मक श्रद्धाञ्जली दिएर शुरु गरिएको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्