काठमाडौं – कालिञ्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले आइपीओ प्रस्तावसहित साउन २९ गते साधारणसभा बोलाएको छ । कम्पनीले काठमाडौंको होटेल बद्रीनाथमा दिउँसो साढे १ बजेका लागि सभा डाकिएको छ ।
कम्पनीले सभामा आईपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेस गर्नेछ । आर्थिक वर्ष २०८१/८२ को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा सभामा प्रस्तुत हुनेछन् ।
यो कम्पनी कालिञ्चोक दर्शनको सहायक कम्पनी हो । कम्पनीको अधिकृत पुँजी ७५ करोड रूपैयाँ छ भने जारी पुँजी ५२ करोड रूपैयाँ छ ।


प्रतिक्रिया दिनुहोस्