इङ्लिस प्रिमियर लिग: २६ खेलदेखिको लिभरपुलको अपराजित यात्रामा पूर्णविराम

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ चैत्र २०८१, सोमबार
2 Min Read
Aa

काठमाडाैँ – इंग्लिस प्रिमियर लिगको उपाधि होडमा अब्बल रहेको लिभरपुलको २६ खेलको अपराजित यात्रामा पूर्ण विराम लागेको छ। आईतबार राति भएको खेलमा लिभरपुल फुलह्यामसँग ३–२ ले स्तब्ध बन्यो।

क्राभेन कटेजमा भएको खेलमा फुलह्यामले पहिलो हाफमा गरेको ३ गोल लिभरपुललाई पराजित गर्न पर्याप्त रह्यो। आर्ने स्लटको टोलीले १४ औं मिनेटमै एलेक्सिस म्याक एलिस्टरको २५ यार्ड टाढाबाट गरेको उत्कृष्ट गोलबाट अग्रता लिएको थियो।

- Advertisement -
Ad imageAd image

तर पहिलो हाफमै पहिलो गोल गरेको १३ मिनेट भित्र ३ गोल गर्दै फुलह्यामले खेल पुरै उल्टाउन सफल भयो। फुलह्यामका रायन सेसेन्यानले आन्द्रेयास पेरेइराको क्रसलाइ पहिलो टचमै गोल गर्दै २३ औं मिनेटमा खेल बराबरीमा ल्याए।

त्यसको नौ मिनेटपछि लिभरपुलका डिफेन्डर एन्डी रोबर्टसनको कमजोर क्रस(फिल्ड पासलाई नियन्त्रणमा लिंदै एलेक्स इवोबीले फुलह्यामलाई अग्रता दिलाए। पहिलो हाफमै फराकिलो अग्रता बनाउने क्रममा रोड्रिगो मुनिजले ३७ औं मिनेटमा टिमका लागि तेस्रो गोल गरेका थिए।

लिभरपुलका लागि लुइस डियाजले ७२औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्दै गोल गरेपनि टिमको हार टार्न पर्याप्त भएन्।

यो हारपछि पनि लिभरपुल तालिकाको शीर्ष स्थानमा ११ अंको अग्रता सहित कायम रहेको छ। अब बाँकी सात खेलमा जम्मा ११ अंक जोड्न सके उसले लिग इतिहासमा २० औं उपाधि जित्ने छ।

जितपछि फुलहम आठौं स्थानमा उक्लिएको छ र चौथो स्थानको चेल्सीभन्दा मात्र पाँच अंकले पछि पर्दै युरोपेली प्रतियोगितामा पुग्ने सम्भावनालाई कायम राखेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्