एथलेटिको म्याड्रिडलाई हराउँदै शीर्ष स्थानमा फर्कियो बार्सिलोना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ चैत्र २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौँ – स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले एटलेटिको म्याड्रिडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले एटलेटिको म्याड्रिडलाई ४-२ गोल अन्तरले पराजित गरेको हो । यस खेलमा बार्सिलोना २-० ले पछि परेको अवस्थामा पुनरागमन गर्दै शानदार जित हासिल गरेको थियो ।

बार्सिलोनाको जितमा फेरान टोरेजले २ गोल गरेका थिए भने रोबेर्ट लेवानडोस्की र लामिन यमलले एक एक गोल गरेका थिए । त्यसअघि एटलेटिको म्याड्रिडका लागि जुलियन अल्भारेज र एलेक्जान्डर सोरलोथले एक एक गोल गरेका थिए । खेलको ७०औं मिनेटसम्म २-० ले अघि रहेको एटलेटिकोले त्यसपछि ४ गोल खाएको थियो ।

- Advertisement -
Ad imageAd image

यो जितपछि बार्सिलोना लिगको शिर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाको २७ खेलमा ६० अंक भएको छ । त्यस्तै २८ खेल खेलेको रियल म्याड्रिड ६० नै अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यसैगरी एटलेटिको म्याड्रिडको २८ खेलमा ५६ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा छ ।

गएराति नै भएका अन्य खेलमा रियल बेटीसले लेगानेसलाई ३–२ ले तथा गेटाफेले ओसासुनालाई २–१ ले हराउँदा अर्को खेलमा एथलेटिको क्लबले सेभिल्लाविरुद्ध १–० को जित दर्ता गर्दा रियल सोसिडाड र रायो भालेकानोले २–२ को बराबरी गर्दै अंक बाँडे ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्