ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओमा आजबाट आवेदन दिन सकिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ फाल्गुन २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौं – ओम मेगाश्री फर्मास्यूटिकल्सले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन (आईपीओ) जारी गरेको छ ।

कम्पनीले सर्वसाधारणका लागि १४ करोड ७६ हजार कित्ता आईपीओ निष्कासन गरेको हो । कम्पनीले निष्कासन गरेको आईपीओमा आजदेखि चैत ३ गतेसम्म आवेदन दिन सकिनेछ ।

- Advertisement -
Ad imageAd image

उक्त अवधिमा मागअनुसार आवेदन नपरे चैत १२ गतेसम्म समय थप गरिने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

आईपीओमा सीडीएस एन्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत् आवेदन दिन सकिनेछ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्