एजेन्सी – स्पेनिस लिग राेमाञ्चक माेडमा प्रवेश गरेकाे छ । उपाधिका तीन दाबेदार टिम जम्मा एक अंककाे दुरीका साथ पहिलाे दाेस्राे र तेस्राे स्थानमा छन् । रोबर्टो लेवान्डोस्कीले पेनाल्टी गोल गरेपछि बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा फर्किएको छ।
गएराति भएको खेलमा रायो भालेकानोमाथि १–० को साँघुरो जित निकाल्दै बार्सिलोना शीर्ष स्थानमा फर्किएको हो। खेलको २८ औँ मिेनटमा लेवान्डोस्कीले पेनाल्टीमा गरेको गोल नै जितका लागि बार्सिलोनालाई पर्याप्त भयो।
बर्सिलोनासँगै ला लिगाको उपाधि होडमा रियल मड्रिड र एथलेटिको मड्रिड रहेका छन्। शीर्ष स्थानको बार्सिलोना र रियलको २४ खेलबाट समान ५१ अंक छ। तर गोलअन्तरमा अघि रहँदै बार्सिलोना शीर्ष र रियल दोस्रो स्थानमा छन्। समान खेलबाट ५० अंक भएको एथलेटिको तेस्रो स्थानमा छ।


प्रतिक्रिया दिनुहोस्