वुल्समाथि लिभरपुलको २-१ को जित निकाल्दा टोटनहमसँग म्यानचेस्ट युनाइटेड १-० ले पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ फाल्गुन २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं – इङ्लिस प्रिमियर लिगमा लिभरपुलले जित दर्ता गर्दा अर्को खेलमा म्यानचेस्टर युनाइटेड भने पराजित भएको छ। आईतबार राति लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा वुल्भ्समाथि २–१ को जित हात पारेको हो। जितसँगै लिभरपुलले उपाधि सम्भावना थप बलियो बनाएको छ।

लिभरपुलले २५ खेलबाट ६० अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा छ। समान खेलबाट ५३ अंक जोडेको आर्सनल दोस्रो स्थानमा छ। जितसँगै शीर्ष स्थानको लिभरपुलले अंक तालिकामा ७ अंकको अग्रता कायम राखेको छ।

- Advertisement -
Ad imageAd image

पहिलो हाफको १५ औँ मिनेटमा लुइस डियाजको गोलमा लिभरपुलले सुरुवाती अग्रता बनाएको थियो। खेलको ५७ औँ मिनेटमा मोहम्मद सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे।

इजिप्ट फरवार्ड सलाहले लिगका चार खेलका पाँच गोल गर्न सफल भएका छन्। खेलको ६७ औँ मिनेटमा वुल्भ्सका म्याथु कुन्हाले गरेको गोल सात्न्वना बन्यो।

गएराति नै भएको अर्को खेलमा टोटनहम हट्सपुरले म्यानचेस्टर युनाइटेडलाई १–० गोलअन्तरले पराजित गरेको छ। टोटनहमको घरेलु मैदानमा भएको खेलमा टोटनहमका लागि जेम्स म्याडिसनले निर्णायक गोल गरे।

जारी सिजन खराब प्रर्दशन गरिरहेका युनाइटेडको यो १२ औँ हार हो। लिगको २५ खेलबाट युनाइटेडले २९ अंक बनाउँदै तालिकाको १५ औँ स्थानमा छ। समान खेलबाट ३० अंक जोडेको टोटनहम १२ औँ स्थानमा छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्