काठमाडौं – क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ बिक्री खुला गरेको छ ।
कम्पनीले २ करोड २५ लाख रूपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आजबाट निष्कासन गरेको हो ।
कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रूपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रूपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । त्यसको १० प्रतिशत वैदेशिक रोजगारीमा गएकाहरूका लागि खुलाएको हो ।
आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
माघ २९ गतेसम्म कम्पनीको आइपिओमा आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ।


प्रतिक्रिया दिनुहोस्