काठमाडौं – भूमिका गैरे तिमिल्सिनाद्वारा लिखित तथा हाम्रो लघुकथा केन्द्र प्रकाशक रहेको निबुवा लघुकथा संग्रहको लोकार्पण गरिएको छ ।
त्रिवेणी साहित्य प्रतिष्ठानका अध्यक्ष इन्द्रराज पौडेलको अध्यक्षता तथा वरिष्ठ साहित्यकार एवं समालोचक गोविन्दराज विनोदीको प्रमुख आतिथ्यतामा लेखिका भूमिका गैरे तिमिल्सिना समिक्षक श्रीजन लम्साल लगायतले गरेका थिए ।
नवलपरासीको गैंडाकोटमा शनिबार सम्पन्न लोकार्पण कार्यक्रममा स्वागत मन्तव्य दिंदै प्रतिष्ठानका उपाध्यक्ष भीम प्रसाद शर्माले लघुकथा संग्रहको मुक्तकण्ठले प्रशंसा गर्दा नारायण प्रसाद तिवारी ‘गोर्खे साहिँलो’ले श्रष्टा भूमिका गैरेले निबुवा शिर्षकमा आफ्नो मन्तव्य राखेकि थिइन् ।
समिक्षक श्रीजन लम्सालले निबुवा लघुकथाको समष्टिगत चर्चा गर्दै लघुकथा, लघु र कथाको योगबाट बनेको तत्सम शब्द रहेको उल्लेख गर्दै सामाजिक यथार्थपरक कथा रहेका कथा कहानीहरू, समाजमा व्याप्त रहेको बेरोजगारी, राजनीतिक अस्थिरता, गाउँमा देखे भोगेका, सुनेका र अनुभव गरेका, सामन्य भाषाशैली प्रयोग भएका चेतनामूलक लघुकथाको विम्ब प्रतिक भएको चर्चा गरेका थिए ।
सामाजिक विसंगति र समस्याका विषयमा गहनतापूर्वक लेखिएको निबुवा कथा संग्रह सबैले एकचोटि पढ्नैपर्ने लघुकथा संग्रह भएको प्रमुख अतिथि समेत रहेका वरिष्ठ साहित्यकार एवं समालोचक गोविन्दराज विनोदीको टिप्पणी छ । कृति कृतिकारको जन्मोत्सवको अवसरमा लोकार्पण गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्