लेस्टर सिटीमाथि म्यानचेस्टर सिटीको सहज जित: लिभरपुलले हान्याे ५ गाेल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ पुष २०८१, सोमबार
2 Min Read
Aa

एजेन्सी – पहिलाे हाफमा साभिन्हो र दाेस्राे हाफमा इर्लिङ हालान्डको गोलमा म्यानचेस्टर सिटीले आइतवार इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई २-० ले हराएको छ । सिटीको प्रशिक्षकका रुपमा पेप ग्वार्डिओलाको ५ सयौं खेल सुखद रह्यो । हालान्ड ४ खेलपछि गोल गर्न सफल भए ।

साभिन्होले २१ औं मिनेटमा सिटीले पहिलो गोल गरे । हालान्डले ७४ औं‌ मिनेटमा हेड मार्फत गोल गरे । सबै खाले प्रतियोगितामा १४ खेलमा सिटीको यो दोस्रो जित हो । लेस्टरले गोलको राम्रो मौका पाएर पनि गोल गर्न सकेन । जिमी भार्डी मौकाको उपयोग गर्न चुके ।

- Advertisement -
Ad image

रुड भान निस्टलरोयको टोली १८ औं स्थानमा छ । पाँचौं स्थानमा उक्लेको सिटी (३१ अंक) को चौथो स्थानको चेल्सीको भन्दा ४ अंक कम छ । अन्य खेलमा शीर्ष स्थानको लिभरपुलले वेस्ट ह्यामलाई ५-०, दोस्रो स्थानको नटिङघम फरेस्टले एभर्टनलाई २-० ले , क्रिस्टल प्यालेसले साउथह्यामटनलाई २-० ले हरायो ।

टोटेनहम र वल्भ्स तथा फुलहम र बोर्नमाउथले समान २-२ को बराबरी खेले । १८ खेलमा लिभरपुलको ४५ र एक खेल बढी खेलेको नटिङघमको ३७ अंक पुगेको छ ।

गएरातिकै अर्काे खेलमा लिभरपुलले वेस्टह्याममाथि फराकिलाे जित निकालेकाे छ । लिभरपुलले ५–० गाेलकाे अन्तरमा जित निकाल्दै तालिकामा शीर्ष स्थान सुरक्षित गरेकाे हाे । लिभरपुलका लागि डियाज,गाक्पाे, सलाह, अलेक्जेण्डर अरनाेल्ड र डियगाे जाेटाले समान एक एक गाेल गरेका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्