एस्टन भिल्लासँग म्यानचेस्टर सिटी स्तब्ध हुँदा क्रिस्टल प्यालेसमाथि आर्सनलको फराकिलो जित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ पुष २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौँ – म्यानचेस्टर सिटी प्रिमियर लिगमा एस्टन भिल्लासँग पराजित भएको छ । शनिबार सम्पन्न खेलमा म्यानचेस्टर सिटी एस्टन भिल्लासँग २-१ गोल अन्तरले पराजित भएको हो ।

एस्टन भिल्लाको जितमा जोन डुरान र मोर्गन रोजर्सले एक एक गोल गरेका थिए । त्यस्तै म्यानचेस्टर सिटीका लागि एक गोल फिल फोडेनले गरेका थिए । यो जितपछि एस्टन भिल्लाको १७ खेलमा २८ अंक भएको छ र लिगमा पाँचौं स्थानमा उक्लिएको छ । त्यस्तै म्यानचेस्टर सिटीले भने यस सिजनमा छैटौं हार बेहोरेको छ । सिटीको १७ खेलमा २७ अंक रहेको छ र लिगमा छैटौं स्थानमा झरेको छ ।

- Advertisement -
Ad image

यस्तै गएराती सम्पन्न खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई ५-१ गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा गाब्रियल जिससले २ गोल गरेका थिए भने काइ हाभर्ट, गाब्रियल मार्टिनेली र डेक्लान राइसले एक एक गोल गरेका थिए । त्यस्तै क्रिस्टल प्यालेसका लागि एक गोल इस्माइली सारले एक गोल गरेका थिए ।

यो जितपछि आर्सनलको १७ खेलमा ३३ अंक भएको छ र लिगमा तेस्रो स्थानमा उक्लिएको छ । त्यसैगरी क्रिस्टल प्यालेसको १७ खेलमा १६ अंक रहेको छ र लिगमा १५औ स्थानमा रहेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्