दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वाेच्चको आदेश

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ पुष २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौं – सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले कारण देखाउ र बन्दीसहित उपस्थित हुने आदेश गरेको छ ।

प्रसाईका छोरा निराजनले बुवालाई गैरकानूनी रूपमा थुनामा राखेको दाबी गर्दै मंगलबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेकोमा सुनुवाइ थालिएको छ ।

- Advertisement -
Ad imageAd image

पछिल्लोपटक जिल्ला अदालतले नयाँ मुद्दामा म्याद थप गरेपछि प्रसाईंका छोरा निराजन सर्वोच्च पुगेका छन् । साइबर अपराधको मुद्दामा ४० हजार धरौटी तिरेर रिहा भएका प्रसाईं व्यापारीलाई धम्क्याएको आरोपमा पक्राउ परेका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्