मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अदालतमा साइबर अपराध मुद्दा दर्ता: संगठित अपराध र आपराधिक लाभमा अनुसन्धान चल्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ मंसिर २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौं – विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ विपरितको कसुर (साइबर अपराध) गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।

साइबर ब्यूरोले पेश गरेको राय सहितको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालय काठमाण्डुले मुद्दा दर्ता गरेको छ । बुधबार प्रसाईंविरुद्ध अदालतमा मुद्दा दायर भएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख सन्देश श्रेष्ठले जानकारी दिए ।

- Advertisement -
Ad image

उनीमाथि आपराधिक विश्वासघात र संगठित अपराधको कसूरमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट जाँच भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गम्भीर आरोप लगाउँदै अभिव्यक्ति दिएपछि प्रसाईंलाई मंसिर ४ गते भक्तपुरबाट पक्राउ गरिएको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्