डिजल र मट्टीतेलको मुल्य बढ्दा पेट्रोलको मूल्य भने यथावत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० कार्तिक २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – नेपाल आयल निगमले डिजल तथा मट्टीतेलको मूल्य बढाएको छ। निगमको शुक्रबार  बसेको सञ्चालक समितिको बैठकले डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको हो।

निगमले बढेको मूल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ। नयाँ मूल्य अनुसार अब काठमाडौंमा डिजल तथा मट्टीतेलको प्रतिलिटर १५३ रुपैयाँ पर्ने भएको छ।

- Advertisement -
Ad imageAd image

निगमले भारतको इण्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मुल्यमा पेट्रोलमा प्रतिलिटर ३२ पैसा तथा डिजल मट्टीतेलमा प्रति लिटर २ रुपैयाँ ५४ पैसा बढेर आएको जानकारी दिएको छ।


गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्