भारतबाट दोहोरो अंकले बढेर आयो पेट्रोलियम पदार्थको मूल्य ! नेपालमा पनि बढ्ला ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ श्रावण २०८३, आईतवार
1 Min Read
Aa

काठमाडौं – नेपाल आयल निगमले सामान्यतया प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची सार्वजनिक गर्ने गर्दछ। इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्रत्येक महिनाको अन्तिम दिन र १५ तारिखमा नयाँ मूल्य प्राप्त हुने र सोही आधारमा निगमले मूल्य समायोजन गर्ने प्रचलन छ। तर, हिजो १ तारिखमा नयाँ मूल्य प्राप्त भए पनि निगमले हालसम्म नयाँ मूल्यसूची सार्वजनिक गरेको छैन।

स्वचालित मूल्य प्रणालीअनुसार २ रुपैयाँसम्म मूल्य घटाउने वा बढाउने अधिकार निगम व्यवस्थापनलाई हुन्छ। सोभन्दा बढी मूल्य हेरफेर गर्नुपर्ने अवस्थामा निगमको सञ्चालक समितिको बैठक बस्नुपर्ने कानुनी व्यवस्था छ।

- Advertisement -
Ad image

निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार हिजो प्राप्त नयाँ मूल्यमा ठूलो परिवर्तन भएकाले सञ्चालक समितिको बैठक बसेर निर्णय भएपछि मात्र नयाँ मूल्यसूची सार्वजनिक गरिनेछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्