एल क्लासिकोमा बार्सिलोनाको शानदार जित, रियल म्याड्रिड ४-० गोल अन्तरले पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ कार्तिक २०८१, आईतवार
1 Min Read
Aa
JPG converted with https://ezgif.com/webp-to-jpg

काठमाडौं – स्पेनिस ला लिगा अन्तर्गतको एल क्लासिको बार्सिलोनाले जितेको छ। गएराति सम्पन्न खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ४-० गोल अन्तरले पराजित गरेको हो।

रियल म्याड्रिडको घरेलु मैदानमा पहिलो हाफ बराबरीमा सकिएको सो खेलमा दोस्रो हाफमा भने बार्सिलोनाले रियललाई तहसनहस पारेको थियो। ५४ औँ मिनेटमा मार्क कासाडोको थ्रो पासमा लेडवास्कीले पहिलो गोल गरेका थिए। त्यसको दुई मिनेटपछि नै उनले अलेजान्द्रो बाल्डेको क्रसमा हेड मार्फत गोल गरे।

- Advertisement -
Ad image

१७ वर्षीय लामिन यमालले ७७ औँ मिनेटमा गोल गरे। उनी एल क्लासिकोमा गोल गर्ने सबै भन्दा कान्छो खेलाडी समेत बने। ब्राजिलियन स्टार राफिन्हाले ८४ औँ मिनेटमा गोल गरे।

शनिबार राति भएको खेलमा भिल्लारियलले रियल भालाडोलिडलाई २-१ ले, लास पल्मासले गिरोनालाई १-० ले तथा रायो भल्काननोले डेपोर्टिभो अल्भासलाई १-० ले हराएका छन्।

यो जितपछि ला लिगामा बार्सिलोनाले रियल म्याड्रिडमाथि ६ अंकको स्पष्ट अग्रता हासिल गरेको छ। बार्सिलोनाको ११ खेलमा ३० अंक भएको छ भने रियल म्याड्रिडको ११ खेलमा २४ अंक रहेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्