साविक च्याम्पियन सिटी र आर्सनल विजयी हुँदापनि लिभरपुलको अग्रता कायमै: यस्तो छ प्रिमियर लिगको अन्य नतिजा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० आश्विन २०८१, आईतवार
2 Min Read
Aa

काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी र आर्सनलले १ गोलले पछि परेको अवस्था उल्टाउँदै आ-आफ्नो खेलमा जित निकालेका छन्।

शनिबार राति भएको खेलमा आर्सनलले साउथहेम्टनलाई ३-१ ले हराउँदा म्यानचेस्टर सिटीले फुलह्यामलाई ३-२ ले पराजित गर्‍यो। त्यसअघि लिभरपुलले पनि आफ्नो खेलमा जित निकाल्दै प्रमियर लिगका छैटौं जित हासिल गरेको थियो।

- Advertisement -
Ad imageAd image

आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलका थिए। दोस्रो हाफको सुरुवातमै साउथहेम्टनले अग्रता लियो। ५५ औं मिनेटमा क्यामरन आर्चरको गोलमा अग्रता लिएपनि साउथहेम्टनको जितवीहीन यात्रा जारी रह्यो। ३ मिनेट पछिनै आर्सनलले काइ हावर्टको गोलमा ५८ औं मिनेटमा खेल बराबरीमा ल्याए। लगतै गाव्रियल मार्टिनेलीले ६८ औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए। अन्तिम गोल बुकायो साकाका नाममा रह्यो। दुई गोलका लागि अस्सिट गरेका साकाले ८८ ‍औं मिनेटमा गोल गर्दै सबै तीन गोलमा आफ्नो उपस्थिति देखाएका थिए।

त्यस्तै अर्को खेलमा म्यानचेस्टर सिटीले १ गोलले पछि परेको अवस्था उल्टाएर जित हासिल गर्‍यो। आन्द्रेस पेरिएराको गोलमा २६ औं मिनेटमा फुलह्यामले अग्रता बनाएको थियो। तर माटेओ कोभासिसले दुई गोल गर्दा फुलह्याम पराजित भयो। कोभासिसले ३२ औ मिनेटमा दोस्रो गोल गर्दा ४७ औं मिनेटमा टिमलाई अग्रता दिलाए। टिमका लागि जेरमी डोकुले ८२ औं मिनेटमा तेस्रो गोल गरेका थिए। निर्धारित समयको २ मिनेट बाँकी रहँदा रोड्रिगो मुनिजले गोल फर्काएपनि फुलह्यामलाई अङ्क जोड्न पर्याप्त भएन।

प्रिमियर लिगकै अन्य खेलमा ब्रेन्टफर्डले वल्भेसलाई ५-३ ले हरायो। त्यस्ते लेस्टर सिटीले बोर्नेमाउथलाई १-० ले हराउँदा वेस्टह्याम युनाइटेडले इप्सविच टाउनलाई ४-१ ले पराजित गर्यो। त्यस्तै एभर्टन र न्युक्यासलले गोलरहित बराबरी खेलेका थिए। त्यसअघि लिभरपुलले क्रिस्टल प्यालेसलाई १-० ले हराएको थियो।

७ खेलपछि लिभरपुल १८ अङ्कका साथ शीर्ष स्थानमा रहँदा म्यानचेस्टर सिटी र आर्सनल समान खेलबाट १७ अङ्कका साथ दोस्रो र तेस्रो स्थानमा रहेका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्