दुर्गा प्रसाईको हुङ्कारः मसँग एमालेले त पहिले नै हारेको थियो, प्रधानमन्त्रीले पनि हारे

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ आश्विन २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौं – जिल्ला अदालत काठकमाडौंबाट धरौटीमा छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईले प्रधानमन्त्रीले पनि आफूसँग हारेको टिप्पणी गरेका छन् । एक लाख धरौटी बुझाएर रिहाइ भएका प्रसाईँलाई उनका समर्थकले अभिनन्दन गरेका थिए ।

सो क्रममा उनले आफूसँग एमालेले पहिले नै हारिसकेको भएपनि यस पटक देशको प्रधानमन्त्रीले नै हारेको टिप्पणी गरे । उनले देशको अबको प्रधानमन्त्री आफैं बन्ने पनि दाबी गरे । ‘देशको प्रधानमन्त्री अहिले दुर्गा प्रसाईंसित लड्दैछ । प्रधानमन्त्रीले पनि हार्‍यो भने दुर्गा प्रसाईं नै प्रधानमन्त्री हो,’– उनले भने ।

- Advertisement -
Ad image

आफूले अहिलेसम्म राजनीति नगरेको बताउँदै अब राजनीतिमा होमिएको पनि प्रसाईले उद्घोष गरे ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्