दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ आश्विन २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौं – जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । उनी गत आइतबार विद्युतीय अपराध कसुरमा पक्राउ परेका थिए ।

यसअघि ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएकोमा आज पुनः म्याद थप गरिएको छ । प्रहरीले ७ दिनको म्याद थपका लागि लगेको भएपनि न्यायाधीश श्याम विहारी मौर्यको इजलासले ५ दिनको लागिमात्रै अनुमति दिएको हो ।

- Advertisement -
Ad image

प्रसाईँलाई प्रहरी बृत्त सिंहदरबारको हिरासतमा राखिएको छ । सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ टिका संग्रौलाले जाहेरी दिएपछि उनी पक्राउ परेका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्