काठमाडौं – वर्नमाउथमाथि जित निकाल्दै लिभरपुल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति एनफिल्डमा भएको खेलमा लिभरपुलले वर्नमाउथमाथि ३–० को सहज जित निकालेको हो।
जारी लिगका पाँच खेलमा चौथो जित निकालेको लिभरपुल १२ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ। एक खेल कम खेलेको म्यानचेष्टर सिटी दोस्रो स्थानमा छ। लिभरपुलको जितमा लुइस डियाजले २ तथा डार्विन नुनेजले १ गोल गरे। लिभरपुलले तिनै गोल पहिलो हाफमा गर्यो।
पहिलो हाफको २६ औँ मिनेटमा लुइस डियाजको गोलमा लिभरपुलले सुरुवाती अग्रता बनाएको थियो। त्यसको दुई मिनेटमा नै व्यक्तिगत दोस्रो गोल गर्दै डियाजले टोलीको अग्रता दोब्बर पारे। पहिलो हाफको ३७ औँ मिनेटमा नुनेजले गोल गर्दै लिभरपुललाई सहजै ३–० को अग्रता दिलाए।
त्यसपछि खेलमा थप गोल हुन नसक्दा लिभरपुलले अंक तालिकामा तीन अंक थपेको हो।
गएराति नै भएका अन्य खेलमा म्यानचेष्टर युनाइटेड र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेल्दै अंक बाड्दा वेष्टह्यामले चेल्सी विरुद्व सहज जित निकाल्यो भने अर्को खेलमा एष्टोनभिल्लाले वुल्भ्सलाई ३–१ ले पराजित गर्दा फुलहामविरुद्ध न्यु क्यासल ३–१, लेष्टर सिटीविरुद्ध एभर्टन– १–१, साउथ हेप्टनविरुद्ध एप्सविच टाउन– १–१ को बराबरी खेल्दा टोटनहमविरुद्ध ब्रेनफोर्ड–३–१ को सहज जित निकाल्यो


प्रतिक्रिया दिनुहोस्