साउथ हेप्टनमाथि म्यानचेस्टर युनाइटेडको शानदार जित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ भाद्र २०८१, शनिबार
1 Min Read
Aa

काठमाडाैँ – इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले साउथ हेप्टनमाथि शानदार जित निकालेको छ। शनिबार राति भएको खेलमा युनाइटेडले साउथ हेप्टनलाई ३–० गोल अन्तरले पराजित गर्दै लिगमा दोस्रो जित दर्ता गरेको हो।

लिगको चार खेलमा युनाइटेडले समान दुई खेलमा जित र हारको नतिजा ल्याएको छ। दुई खेलबाट ६ अंक बनाएको युनाइटेड अंक तालिकाको सातौँ स्थानमा छ। समान खेलबाट सबै खेलमा हार भोगेको साउथ हेप्टनले भने अंक तालिकाका खाता खोल्न सकेको छैन। साउथ हेप्टन अंकविहिन रुपमा १९ औँ स्थानमा छ। एक खेल कम खेलेको एभर्टन भने पुछारमा छ।

- Advertisement -
Ad image

पहिलो हाफको ३५ औँ मिनेटमा युनाइटेडका लागि म्याथिज डे लिग्टले पहिलो गोल गरे। लिग्टले ब्रुनो फर्नान्डेजको पासमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए। खेलको ४१ औँ मिनेटमा म्याक्र्युस रासफोर्डले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे।

खेलको ७९ औँ मिनेटमा साउथ हेप्टन १० खेलाडीमा सिमित हुन पुग्यो। ज्याक स्टेफन्सले रातो सिधै रातो कार्ड पाएपछि साउथ हेप्टन १० खेलाडीमा समेटियो।

खेलको इन्ज्युरी समयमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका एलेजान्ड्रो गार्नाचोको गोलमा युनाइटेडले ३–० को अग्रता लियो।लिगमा आजै राति सात खेल हुँदैछन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्