चेल्सी क्रिस्टल प्यालेससँग बराबरीमा रोकिंदा न्युक्यासलद्वारा टोटेनह्याम पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ भाद्र २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा चेल्सी क्रिस्टल प्यालेससँग १-१ गोलको बराबरीमा रोकिएको छ। त्यस्तै प्रिमियर लिग अन्तर्गतनै भएको अर्को खेलमा टोटेनह्याम न्युक्यासल युनाइटेडसँग १-२ ले पराजित भयो।

चेल्सीको यो जारी सिजन पहिलो बराबरी हो। तीन खेलमा चेल्सीले १ खेलमा जित १ खेलमा हार र १ खेल बराबरी खेलेको छ। उसको लिगमा ४ अङ्क भएको छ। त्यस्तै न्युक्यासलसँग पारजित भएको टोटेनह्यामको यो पहिलो हार हो। उसको पनि लिगमा ४ अङ्क छ।

- Advertisement -
Ad imageAd image

खेलमा क्रिस्टल प्यालेस विरुद्ध चेल्सीले अग्रता बनाएपनि जोगाउन असफल भयो। खेलको २५ औं मिनेटमा निकोलस ज्याक्सनको गोलमा अग्रता लिएको चेल्सीले दोस्रो हाफमा अग्रता गुमाउन पुग्यो। क्रिश्टल प्यालेसका एबरेची ओलुचीले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि दुबै टीमले गोलका प्रयास गरेपनि सफल भएनन्।

त्यस्तै अर्को खेलमा न्युक्यासलले आफ्नो अपराजित यात्रा जारी राख्यो। हार्वी बर्नेसको गोलमा ३७ औं मिनेटमा अग्रता बनाएको न्युक्यासल विरुद्ध टोटेनह्यामले ५६ औं मिनेटमा न्युक्यासलका डिफेन्डर ड्यानीयल बर्नको आत्माघाती गोलमा बराबरी गरेको थियो। तर उसको बराबरी लामो समय रहन सकेन्। न्युक्यासलले अलेक्जेन्डर इस्कको गोलमार्फत ७८ औं मिनेटमा अग्रता बनाएको थियो। उक्त अग्रतानै न्युक्यासललाई तीन अङ्कका लगि पर्याप्त भयो। न्युक्यासलको लिगमा ७ अङ्क भएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्