रियल भल्लाडोलिडलाई पराजित गर्दै स्पेनिस ला लिगामा रियल मड्रिडको पहिलो जित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० भाद्र २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौँ – रियल भल्लाडोलिडलाई हराउँदै रियल मड्रिडले स्पेनिस ला लिगामा पहिलो जित दर्ता गरेको छ। आईतबार राति भएको खेलमा रियलले भल्लाडोलिडलाई ३–० को फराकिलो अन्तरले हराएको हो।

खेलको पहिलो हाफमा गोलका लागि निकै संर्घष गरेको रियलले दोस्रो हाफमा मात्र गोल गर्न सकेको थियो। खेलको ५०औँ मिनेटमा फेडेरिको भालभर्डेले रियलका लागि गोलको खाता खोलेका थिए।

- Advertisement -
Ad imageAd image

वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका ब्रहिम डियाजले ८८औँ मिनेटमा गोल गर्दै रियलको अग्रता दोब्बर पारे। इन्ज्युरी समयको छैटौँ मिनेटमा एनरिकले गोल थपेर रियललाई ३–० को अवस्थामा ल्याए।

योसँगै रियलले ला लिगामा पहिलो जित दर्ता गरेको हो।

गएराति नै भएको अर्को खेलमा एथलेटिको मड्रिडले जिरोनालाई ३–० कै अन्तरले हराएको छ। खेलको ३९औँ मिनेटमा एन्थोनी ग्रिजम्यानको गोलमा एथलेटिकोले सुरुआती अग्रता बनाएको थियो।

खेलको ४८औँ मिनेटमा मार्कोस लोरेन्टको गोलमा एथलेटिकोले अग्रता दोब्बर पार्‍यो। इन्ज्युरी समयमा कोकीले गोल गर्दै एथलेटिको अग्रता फराकिलो पारे।

पहिलो खेलमा बराबरी गरेको एमथलेटिकोले सिजनको पहिलो जित हासिल गरेसँगै ४ अंकमा अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।

समान अंक भएको रियल मड्रिड चौथो स्थानमा छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्