पहिरोका कारण मुग्लिन-काठमाडौं सडक अबरुद्ध

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ श्रावण २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं – चितवनको फिस्लिङमा पहिरो खस्दा मुग्लिन–काठमाडौं सडकखण्ड पूर्णरुपमा अबरुद्ध भएको छ । आज साेमबार बिहान पाँच बजेतिर लेदोसहितको पहिरो खसेकाले दुईतर्फी सडक अवरुद्ध भएको हो ।

इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख निरला भण्डारीका अनुसार बिहान साढे पाँच बजेदेखि पहिरो पन्छाउने काम जारी छ । सबै पहिरो पन्छाएर बाटो खुलाउन अझै करिब एक–दुई घण्टा लाग्ने अनुमान छ । बाटो बन्द भएपछि सवारी साधनको लामो लाइन लागेको छ ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्

TAGGED: