उल्भ्सलाई २-० गोल अन्तरले पराजित गर्दै आर्सनल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ बैशाख २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौँ – इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले उल्भ्समाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले उल्भ्सलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा लीन्द्रो ट्रोसार्ड र मार्टिन ओडेगार्डले एक एक गोल गरेका थिए ।

यो जितपछि आर्सनल प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ । ३३ खेलमा ७४ अंकसहित आर्सनल शिर्ष स्थानमा छ भने एक खेल कम खेलेको म्यानचेस्टर सिटी ३२ खेलमा ७३ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरी उल्भ्सको भने ३३ खेलमा ४३ अंक रहेको छ र लिगमा ११औ स्थानमा छ ।

गएराति नै भएको अन्य खेलमा लुटन टाउनलाई ५–१ ले हराउँदै ब्रेन्टफोर्ड १४औँ स्थानमा उक्लिएको छ । यस्तै १९औँ स्थानको बर्नलेले २०औँ स्थानको शेफिल्ड युनाइटेडलाई ४–१ ले हरायो ।

प्रिमियर लिग अन्तर्गत आज एभर्टन र नटिङ्घम फरेस्ट, क्रिष्टल प्यालेस र वेष्टह्याम युनाइटेड, एष्टन भिल्ला र बर्नमाउथ र फुलह्याम र लिभरपुलबिच प्रतिष्पर्धा हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्

Array