पेट्रोलको मूल्य बढ्यो: डिजेल, मट्टितेल र खाना पकाउने ग्लपी ग्यासको मूल्य यथावत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ चैत्र २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं – नेपाल आयल निगमले पेट्रालको मूल्य बढाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाइएको छ ।

यससँगै काठमाडौं उपत्यकासँगै पोखरा र दिपालयमा पेट्रोल एक लिटरको १७५ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा १७४ तथा चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र वीरगञ्ज क्षेत्रमा पेट्रोल एक लिटरको १७२ रुपैयाँ ५० पैसा पर्नेछ ।

डिजेल, मट्टितेल र खाना पकाउने ग्लपी ग्यासको मूल्य भने हेरफेर भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

Array