बी एन्ड सी मेडिकल कलेजको सम्बन्धन विवादमा सुनुवाइ सकियो, निर्णय चैत १२ गते

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ चैत्र २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं – बि. एण्ड सी. मेडिकल कलेजको सम्बन्धन विवादबारे सर्वोच्च अदालतमा परेको मुद्दामा सुनुवाइ सकिएको छ । न्यायाधीशद्वय कुमार चूडाल र सांरगा सुवेदीको इजलासमा तीन दिनको लगातारको सुनुवाइपछि आज (मंगलबार) सुनुवाइ सकिएको छ । उक्त मुद्दाको सुनुवाइ सकिए पनि फैसला भने आगामी चैत १२ गतेमात्रै आउने भएको छ ।

आफूले सञ्चालन गरेको मेडिकल कलेजलाई सम्बन्धन नदिइएको भन्दै सञ्चालक दुर्गा प्रसाईँले २०७७ सालमा चिकित्सा शिक्षा आयोग, काठमाडौँ विश्वविद्यालयलगायतलाई विपक्षी बनाइ रिट दायर गरेका थिए । उक्त रिटमा सर्वोच्चले केही समयअघि अग्राधिकार प्रदान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

Array