रियल म्याड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ फाल्गुन २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।

गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा रियल म्याड्रिडले जर्मनी क्लब आरबी लेइपजिंगसँग १-१ गोलको बराबरी खेल्दै समग्रमा २-१ को नतिजासहित क्वाटरफाइनलमा पुगेको हो । यस खेलमा रियल म्याड्रिडका लागि भिनिसियस जुनियरले गोल गरेका थिए भने आरबी लेइपजिंगका लागि विली ओर्बानले एक गोल गरेका थिए ।

- Advertisement -
Ad imageAd image

यसअघि सम्पन्न राउण्ड १६ को पहिलो लिगमा रियल म्याड्रिडले १-० को नतिजा निकालेको थियो । योसँगै रियल म्याड्रिडसहित बायर्न म्युनिख, पिएसजी र म्यानचेस्टर सिटी यस सिजनको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्