गेटाफेमाथि शानदार जित निकाल्दै बार्सिलोना ला लिगाको दोस्रो स्थानमा उक्लियो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ फाल्गुन २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौँ – बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत गेटाफेविरुद्ध शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले गेटाफेलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा राफिन्हा, जोआओ फेलिक्स, फ्रयांकी डी जोंग र फेर्मिन लोपेजले एक एक गोल गरेका थिए ।

- Advertisement -
Ad image

यो जितपछि बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाको २६ खेलमा ५७ अंक भएको छ । लिगमा एक खेल कम खेलेको रियल म्याड्रिडको २५ खेलमा ६२ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यसैगरी गेटाफेको भने २६ खेलमा ३४ अंक रहेको छ र लिगमा १०औं स्थानमा रहेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्