च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा सिटीको सहज जीत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ फाल्गुन २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौँ – च्याम्पियन्स लिगको अन्तिम–१६ को पहिलो लेगमा साबिक विजेता म्यानचेस्टर सिटीले एफसी कोपनहेगनमाथि ३–१ को सहज जीत हासिल गरेको छ ।

खेलको १० औँ मिनेटमा नै पेप ग्वार्डिओलाको टोलीलाई केभिन डी ब्रुयनलाई अग्रता दिलाएका थिए । तर ३४ औँ मिनेटमा म्यागनस म्याटसनले घरेलु टोलीका लागि बराबरी गोल फर्काए । पहिलो हाफ सकिन लाग्दा बर्नार्डो सिल्भाले पुनः सिटीलाई अग्रता दिलाएका थिए ।

- Advertisement -
Ad imageAd image

दोस्रो हाफको इन्जुरी समयमा फिल फोडेनले गोल गर्दै सिटीलाई सहज अग्रता दिलाउन सफल भए । अब दोस्रो लेग मार्च ६ मा सिटीको घरेलु मैदानमा खेलिनेछ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्