ग्रानाडासँग बराबरीमा रोकियो बार्सिलोना: सेभियासँग एट्लेटिको मड्रिड पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ माघ २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौँ – युवा खेलाडी लामिन यामालले दुई गोल गर्दा बार्सिलोना ग्रानाडासँग बराबरीमा रोकिएको छ । ६ गोलको थ्रिलर ३–३ गोलको बराबरीमा टुङ्गिएको हो ।

१६ वर्षीय खेलाडीले खेलको १४ औँ मिनेटमा नै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर, ४३ औँ मिनेटमा रिचार्ड सान्चेजले खेल बराबरी गरे ।

दोस्रो हाफको ६० औँ मिनेटमा फाकुन्डो पेलिस्ट्रीले ग्रानाडालाई अप्रत्याशित अग्रता दिलाए । तर, तीन मिनेटपछि नै रोबर्ट लेवान्डोस्कीले खेल बराबरी गरे । ६६ औँ मिनेटमा इगान्सी मिकेलले पुनः ग्रानाडालाई अग्रता दिलाए पनि ८० औँ मिनेटमा यामालले गोलल गर्दै खेल बराबरी गरे ।

बराबरीपछि बार्सिलोना शीर्ष स्थानमा रहेको रियल मड्रिडभन्दा १० अङ्कले पछि परेको छ । २४ खेलपछि बार्सिलोनाको ५१ अङ्क छ । ग्रानाडा १३ अङ्कसहित रेलिगेसन जोनमा रहेको छ ।

आइतबार नै भएका अन्य खेलमा सेभियाले एट्लेटिको मड्रिडलाई १–० गोलले हरायो । त्यस्तै, गेटाफेले सेल्टा भिगोलाई ३–२ पराजित गर्दै मायोर्काले रायो भायोकानोविरुद्ध २–१ को जीत हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array