पूर्वराजा ज्ञानेन्द्र सपरिवार चितवन हानिए, तनावमा दुर्गा प्रसाईं

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ माघ २०८०, आईतवार
2 Min Read
Aa

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईको आन्दोलनलाई छल्दै पूर्वराजा ज्ञानेन्द्र शाह चितवन प्रस्थान गरेका छन् । झण्डै २ हप्ताका लागि पूर्व राजा शाह चितवन लागेको स्रोतले जनाएको छ ।

राजसंस्था फर्काउने उद्घोषसहित आन्दोलनको घोषणा गरेका प्रसाईंले फागुन १ गते पूर्व राजा शाहकै हातबाट दीप प्रज्वलन गराएर आन्दोलन थाल्ने यसअघि नै घोषणा गरेका थिए । तर, प्रसाईंको आन्दोलनको पूर्वसन्ध्यामा सपरिवार पूर्व राजा चितवन लागेपछि प्रसाईं जिल्लिएका छन् ।

प्रसाईंले गत वर्षको फागुनमा पूर्व राजाकै उपस्थितिमा मेची पूलबाट राजसंस्था फर्काउने उदघोष गरेर अभियान चलाउँदै आएका थिए । प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, नागरिक र धर्म बचाउ अभियानका संयोजकसमेत रहेका प्रसाईंले केही दिनअघि पूर्वराजालाई बिन्तीपत्र पठाउँदै अभियानमा सहभागी हुन आग्रह गरेका थिए ।

सुरुआतमा प्रसाईं नेतृत्वको आन्दोलनले केही हौसियका पूर्व राजपरिवार हाल भने सशंकित बनेको स्रोतको दाबी छ । प्रसाईले राजसंस्था पुनसर््थपनाको नाममा आफ्ना व्यक्रिगत एजेण्डासमेत घुसाएको बुझेपछि पूर्व राजा झस्किएका हुन् । नेपाला राजसंस्थाको बलियो मुद्दा उठाउँदै आएको राप्रपा पनि प्रसाईंको अभियानबाट सन्तुष्ट छैन् ।

राप्रपाका नेताहरुसँग निरन्तर भेटघाट गरिरहने पूर्व राजा शाहले राप्रपाकै नेताहरुको सल्लाहमा प्रसाईंको अभियान छलेर चितवन लागेको हुन्सक्ने आशंका गरिएको छ । पूर्वराजानिकट स्रोतका अनुसार पूर्वरानीको जन्मोत्सव उतै मनाउने गरी पूर्वराजा दम्पती चितवन गएका हुन् । उनका लागि पटिहानीको सोल्टी होटलमा केही कोठा बुक गरिएको छ ।

पूर्व रानी कोमलको जन्मदिन फागुन ७ गते हो । पूर्व राजपरिवार फागुन ७ सम्मनै चितवनमा बस्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array