जिरोनामाथि रियल म्याड्रिडको शानदार जित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ माघ २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौँ – स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले जिरोनामाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले जिरोनालाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा जुडे बेलिंगघमले २ गोल गरेका थिए भने भिनिसियस जुनियर र रोड्रीगोले एक एक गोल गरेका थिए ।

यो जितपछि रियल म्याड्रिडले दोस्रो स्थानमा रहेको जिरोनामाथि स्पष्ट ५ अंकको अग्रता हासिल गरेको छ । रियलको २४ खेलमा ६१ अंक भएको छ भने जिरोनाको ५६ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array