एभर्टनलाई २–० ले पराजित गर्दै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लियो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ माघ २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौँ – अर्लिङ हालान्डले २ गोल गरेको खेलमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनलाई २–० ले पराजित गरेको छ ।

शनिबार साँझ भएको खेलमा पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा सिटीले दुई गोल गरेको थियो । नर्वेजियन फर्वाड हालान्डले ७१ औँ मिनेटमा पहिलो गोल गरेका थिए । उनले ८५ औँ मिनेटमा डि ब्रुएनाको पासलाई सदुपयोग गर्दा सिटीले महत्वपूर्ण तीन अङ्क निश्चित गरेको थियो ।

डिसेम्बर र जनवरीमा अधिकांश समय मैदान बाहिर रहेका हालान्ड र डी ब्रुएनाको आगमनसँगै सिटी उपाधि रक्षामा अब्बल बन्दै गएको छ ।
जितपछि सिटीको २३ खेलबाट ५२ अङ्क भएको छ। समान खेलबाट लिभरपुल ५१ अङ्कका साथ दोस्रो र आर्सनल ४९ अङ्कका साथ तेस्रो स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array