फोडेनको ह्याट्रिकमा म्याचनेष्टर सिटीको सहज जित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ माघ २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – फिल फोडेनको ह्याट्रिकमा इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ। गएराति भएको प्रतिस्पर्धामा सिटीले ब्रेन्टफोडलाई ३–१ गोलले हराएको हो।

सिटीका लागि तीनै गोल फिल फोडेनले गरेका हुन्। पहिलो हाफको इन्जुरी समयमा पहिलो गोल गरेका उनले त्यसपछि क्रमशः ५३औँ र ७०औँ मिनेटमा पनि गोल हाने।

- Advertisement -
Ad imageAd image

त्यसो त खेलको २१औँ मिनेटमा नील माउपेइले गोल गर्दै ब्रेन्टफोडलाई सुरुवाती अग्रता दिलाएका थिए। तर त्यसलाई जोगाउन नसक्दा ब्रेन्टफोर्ड ३–१ गोलअन्तरको पराजय बेहोर्न बाध्य भयो।

यो जितसँगै म्यानचेस्टर सिटी २२ खेलबाट ४९ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। पराजित ब्रेन्टफोड २२ अंक जोडेर १५औँ स्थानमा छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्