आल्भेजमाथि बार्सिलोनाको सहज जित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ माघ २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौँ – स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले आल्भेजलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले आल्भेजलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्की, इके गुनडोगान र भिटोर रोकीले एक–एक गोल गरेका थिए ।

त्यस्तै आल्भेजका लागि सामु ओमोरोडीओनले एक गोल फर्काएका थिए । यस खेलमा बार्सिलोनाका भिटोर रोकीले दोहोरो पहेलो कार्ड पाएपछि खेलको ७२औँ मिनेटमा मैदान छोडेपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो ।

- Advertisement -
Ad imageAd image

यो जितपछि बार्सिलोना २३ खेलबाट ५० अंकसहित लिगमा तेस्रो स्थानमा उक्लिएको छ । त्यसैगरी आल्भेजको भने २३ खेलमा २६ अंक रहेको छ र लिगमा १२औँ स्थानमा छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्