ओसासुनामाथि बार्सिलोनाको कठिन जित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ माघ २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत बुधबारको प्रतिस्पर्धामा बार्सिलोनाले ओसासुनामाथि कठिन जित नेकालेको छ। युवा ब्राजिलियन खेलाडी भिटर रोकेले गरेको पहिलो गोल नै बार्सिनलोनाको जितका लागि निर्णायक भएको हो।

रोकेले खेलको ६३औँ मिनेटमा खेलको गोल गरेका थिए। एक मिनेटअघि मात्रै उनी मैदान प्रवेश गरेका थिए। उनले जोआओ क्यान्सेलोको क्रसमा हेडरमार्फत गोल गरेका थिए।

- Advertisement -
Ad image

चिर प्रतिद्वन्द्वी रियल म्याड्रिडभन्दा १० अंक र शीर्ष स्थानको जिरोनाभन्दा ११ अंक पछाडि रहेर खेल सुरु गरेको बार्सिलोनाले बुधबार १–० को जित हासिल गरेको हो। बार्सिलोनाले २२ खेलबाट ४७ अंक बनाएको छ भने त्यत्ति नै खेल खेलेर शीर्षस्थानमा रहेको जिरोनाको ५५ र एक खेल कम खेलेको रियलको ५४ अंक छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्