बागलुङमा दुर्गा प्रसाईंमाथि आक्रमण, जुत्ता पसल गर्ने व्यक्ति पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ माघ २०८०, बिहीबार
0 Min Read
Aa

काठमाडौं – व्यवसायी दुर्गा प्रसाईंमाथि बागलुङमा आक्रमण भएको छ । बागलुङमा सभालाई सम्बोधन गर्न पुगेका प्रसाईंमाथि लोकतान्त्रिक चोकमा हातपात भएको छ ।

‘नेपालीहरूको मुक्तिका लागि अन्तिम लडाइँ’ कार्यक्रमका लागि व्यवसायी प्रसाईं बागलुङ पुगेका थिए ।

उनीमाथि हातपात गर्ने बागलुङको धौलागिरी चोकमा जुत्ता पसल गर्ने ३७ वर्षका रामकान्त गौतमलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array