लिग कप सेमिफाइनलको‌ पहिलो लेगमा लिभरपुल विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ पुष २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं – लिग कप सेमिफाइनलको‌ पहिलो लेगमा लिभरपुल विजयी भएको छ। बुधबार राति भएको खेलमा लिभरपुलले फुलहमलाई २–१ ले हराएको हो।

लिभरपुलको जितमा कर्टिज जोन्सले बराबरी र कोषी गाक्योले एक/एक गोल गरे। लभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलको १९औँ मिनेटमा विलियनको‌ गोलबाट फुलहमले अग्रता लिएको थियो।

- Advertisement -
Ad imageAd image

तर लिभरपुलका जोन्सले ६८औँ मिनेटमा गोल फर्काएपछि बराबरी भएको थियो। त्यसपछि ७१औँ मिनेटमा गाक्पोले गोल थपेपछि लिभरपुलको जित पक्का भएको हो।

सेमिफाइनलको‌ दोस्रो लेग जनवरी २४ मा फुलहमको मैदान कारभेन कटेजमा हुनेछ। मंगलबार पहिलो सेमिफाइनलको‌ पहिलो लेगमा चेल्सी च्याम्पियनसिप क्लब मिडल्सब्रगसँग १–० ले हारेको थियो। फाइनल फेब्रुअरी २६ मा हुनेछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्